आजबाट सक्किगोनिमा फर्किये पँाडे - Prabin Chauhan
test banner

New Update

Home Top Ad

Post Top Ad

Wednesday, 22 September 2021

आजबाट सक्किगोनिमा फर्किये पँाडे

 


लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगो नि’मा कलाकार अर्जुन घिमिरे (पाँडे)लाई दर्शकले नदेखेको लामै समय भयो । पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाँडे)लाई हेर्न पाउने भएका छन् ।बिहीबारको भागदेखि आफू ‘सक्किगो नि’मा फर्किएको अर्जुनले जानकारी दिए । बुधबार सुटिङमै रहेका उनले भने, ‘लामो समयको अन्तरपछि अभिनयमा फर्किदैछु । केही फरक गरौं भनेर लागिरहेका छौं ।’ अर्जुनकी आमा मस्तिष्क पक्षघातका कारण झण्डै चार महिनादेखि ग्रिनसिटी अस्पतालमा छिन् । उनको अहिलेसम्म होस आएको छैन।आमा बिरामी भएपछि अर्जुन ‘सक्किगोनि’मा देखिन छाडेका थिए । हिमालय टेलिभिजनमा हरेक बिहीबार राती ९ बजे प्रसारण हुँदै आएको ‘सक्किगो नि’मा कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरेको कथा, पटकथा, संवाद र निर्देशन रहँदै आएको छ ।

श्रोत : onlinekhabar.com

No comments:

Post a Comment

Post Bottom Ad